पहिरोले घर पुरिँदा बाजुरामा तीन जना घाइते
annapurnapost.com · Fri Aug 14 04:01:16 GMT 2026

बाजुरा : बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट खसेकाे पहिरोले घर पुरिदा बाजुराको त्रिवेणी नगरपालिका–९, ताम्सुमा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अविरल वर्षापछि ताम्सुका ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। पहिरोमा परी कर्ण थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापा, सोही ठाउँका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावत घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)