आजदेखि सिनेमा हलमा ‘लज्जावती’
kalakarmi.com · Fri Aug 14 04:12:17 GMT 2026

काठमाडौं– फ्राइडे रिलिजअन्तर्गत नयाँ नेपाली फिल्म ‘लज्जावती’ आज साउन २९ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आएको छ । राजबहादुर सानेद्वारा निर्देशित यो फिल्म प्रेम कथामा आधारित, जसलाई एक पूर्ण पारिवारिक फिल्मको रुपमा तयार पारिएको निर्माण पक्षको भनाइ छ ।
फिल्मका निर्देशक सानेका अनुसार सिनेमाको कथा चार पात्रको वरिपरि घुमेको छ । यो फिल्म्मा मुकुन भुसाल, श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा, काजल भुजेललगायत कलाकारले पनि अभिनय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)