अमेरिकाले पुष्टि गर्न सकेन ट्रम्पमाथि इरानले आक्रमण गर्ने इजरायली चेतावनी
nepalviews.com · Fri Aug 14 04:13:27 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरानले हत्याको प्रयास गर्न सक्ने भन्दै इजरायलले दिएका विभिन्न चेतावनीहरू अमेरिकी गुप्तचर निकायले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको खुलासा भएको छ। रोयटर्सका अनुसार एक वर्तमान र दुई पूर्व अमेरिकी अधिकारीहरूले इजरायलले दिएका ती गुप्तचर सूचनाहरू प्रमाणित हुन नसकेको बताएका हुन्।
इजरायली पक्षले ट्रम्पमाथि स्नाइपरमार्फत आक्रमण गर्ने, ठूलो सार्वजनिक कार्यक्रममा चक्कु प्रहार गर्न कोही व्यक्ति खटाउने वा काँधबाट प्रहार गरिने मिसाइल मार्फत निशाना बनाउनेजस्ता धेरै चेतावनीहरू दिएको थियो। सन् २०२५ को जुन महिनामा भएको १२ दिने युद्धको पूर्वसन्ध्यादेखि सुरु भएका यी चेतावनीहरू गत फेब्रुअरीमा अमेरिकाले इरानविरुद्ध युद्धको निर्णय गर्नुअघि थप तीव्रताका साथ आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)