पाकिस्तान-टर्कीए- साउदी अरबको नयाँ सैन्य गठबन्धन
kendrabindu.com · Fri Aug 14 04:26:28 GMT 2026

काठमाडौं । एक राष्ट्रमाथि हमला भए सम्पूर्णले प्रतिवाद गर्ने अवधारणामा उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सात दशकअघि गठन भयो । यही अवधारणामा अहिले तीन मुस्लिम राष्ट्रले संयुक्त रक्षा सम्झौता मेक्कामार्फत यस्तै सैन्य संगठन स्थापनाको कसरत गरेका छन् । अब उनीहरू मध्ये कुनै एक माथि कसैले हमला गरेमा ती राष्ट्रले संयुक्त रूपमा प्रतिवाद गर्नेछन् । साउदी अरब, टर्कीए र पाकिस्तान मिलेर यस्तो संगठन बनाएका हुन् ।
रियाद ठूलो तेल निर्यातकर्ता हो । अंकरासँग नेटोको दोस्रो ठूलो सैन्य जनशक्ति छ । इस्लामाबादसँग परमाणु हतियार छ । संयुक्त रूपमा हिसाब गर्दा यी तीन राष्ट्रसँग १४ लाख सक्रिय सेना छ । ३४ सय लडाकु विमान, ६००० ट्यांक र ३४० सैन्य पानीजहाज छ । पाकिस्तानसँग ६ लाख ६० हजार सैनिक छ । टर्किएसँग चार लाख ८१ हजार साउदीसँग २ लाख ४७ हजार सैनिक छ । आर्थिक, सामरिक र सैन्य रूपमा यी राष्ट्र बलिया रहेकाले उनीहरूले गठन गर्ने सैन्य संगठन बलियो हुने विश्लेषण भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)