कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन पेस हुने, के-के छन् अन्य कार्यक्रम ?
ratopati.com · Fri Aug 14 04:30:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला)समूहको शुक्रबारबाट सुरु हुने राष्ट्रिय भेलामा ५ प्रतिवेदन प्रस्तुत हुँदैछन् । शुक्रबार उदघाटन सत्र मात्रै हुने र शनिबारबाट अरु कार्यक्रम सुरु हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए । ‘शुक्रबार उदघाटन सत्र हुन्छ । शनिबारबाट बन्दसत्रका कार्यक्रम सुरु हुन्छन्,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘५ प्रतिवेदन पेस हुने तय भएको छ ।’
आइतबारसम्म चल्ने भेलाको विस्तृत कार्यतालिका र छलफलका विषयहरूबारे प्रचार प्रसार समितिका संयोजक विश्वकर्माले दिएको जानकारी अनुसार भेलामा राजनीतिक, सांगठनिक, आर्थिक र विधानसँग सम्बन्धित विभिन्न प्रस्तावहरूमाथि घनीभूत छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)