२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, अन्य सूचक कस्ता ?
arthasansar.com · Fri Aug 14 04:33:50 GMT 2026

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा झिनो सुधार देखिएको हो ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा २.१८ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ रहेको थियो । कम्पनीको व्यवसाय विस्तारको मुख्य आधार मानिने खुद बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आर्थिक वर्षमा २५ प्रतिशतभन्दा बढीले वृद्धि गर्दै ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)