शतप्रतिशत भन्दा बढीले बढ्यो सिटिजन लाइफ इन्स्योरेन्सको नाफा, इपीएस कति ?
arthasansar.com · Fri Aug 14 04:37:52 GMT 2026

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा शतप्रतिसतको वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा शतप्रतिशतले नाफा बढेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)