सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, अन्य सूचक कस्ता ?
arthasansar.com · Fri Aug 14 04:42:22 GMT 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा अघिल्लो आवको भन्दा सामान्य वृद्धि भएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)