२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)
khabarhub.com · Fri Aug 14 04:43:12 GMT 2026

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा लागू गर्ने निर्णय गरे पनि बुटवल उपमहानगरपालिका–१० रामनगरमा करिब २२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक पशु वधशाला भने बन्द अवस्थामा छ।
मासु उत्पादनलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको वधशाला लामो समय सञ्चालनमा आउन सकेको थिएन। २०८१ जेठ १७ गते बुटवल उपमहानगरपालिकाले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडलाई पाँच वर्षका लागि सञ्चालनको जिम्मा दिएपछि वधशाला सञ्चालनमा आएको थियो। तर केही महिनामै विवाद र सम्झौता कार्यान्वयनसम्बन्धी समस्या देखिएपछि सेवा पुनः रोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)