पहिलो पटक गान्तोकमा गुन्जिँदै नेपथ्य
ratopati.com · Fri Aug 14 04:49:12 GMT 2026

काठमाडौँ । नेपाली लोक–रक ब्यान्ड नेपथ्यले पहिलोपटक भारतको सिक्किमस्थित गान्तोकमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । आगामी ३१ अक्टोबर २०२६ मा गान्तोकको पाल्जोर स्टेडियममा ‘नेपथ्य लाइभ इन सिक्किम–लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’मा नेपथ्यले आफूलाई प्रस्तुत गर्न लगेको हो ।
पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) को प्रस्तुतिमा र नेपालयको निर्माणमा हुन लागेको कन्सर्टलाई सङ्गीत, संस्कृति र पर्यटनलाई जोड्ने उत्सवका रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘रेशम’, ‘तालको पानी’, ‘भेडाको ऊन जस्तो’, ‘जोमसोमै बजारमा’ र ‘यो जिन्दगानी’ लगायतका गीतमार्फत विभिन्न पुस्ताका नेपालीभाषी श्रोतामाझ लोकप्रिय नेपथ्यको यो गान्तोकमा पहिलो प्रस्तुति हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)