क्यानडालाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा
neplays.com · Fri Aug 14 04:56:00 GMT 2026
काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा स्कटल्यान्डले क्यानडालाई १७० रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।
स्कटल्यान्डको ब्राउटी फेरीमा भएको खेलमा पराजित भएसँगै क्यानडा ३२ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा छ। यता, स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। क्यान्डाको हारले शीर्ष–६ को दौड थप रोमाञ्चक बनेको छ। नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ। समान खेलबाट २५ अंकसहित क्यानडा छैटौं स्थानमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)