गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
swasthyakhabar.com · Fri Aug 14 05:07:04 GMT 2026

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ लाख रुपियाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल मेडिकल कलेज र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य उपचारसम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको हो।
बिहीबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरे। स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कलेजले नगरपालिकासँग सहकार्य गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)