दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था, नाफा सहित अधिकांश सूचकमा गिरावट
arthasansar.com · Fri Aug 14 05:14:44 GMT 2026

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको वित्तीय अवस्था कमजोर बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा गिरावट देखिएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको भन्दा ५९ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी समेत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८१ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षमा घटेर ७७ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा आएको गिरावटले कम्पनीको नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)