८ हजार केजी कास्टिक सोडा किन्न डीडीसीले खुलायो टेण्डर
clickmandu.com · Fri Aug 14 05:20:07 GMT 2026

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गतको काठमाडौँ दुग्ध वितरण आयोजना, बालाजुले ठुलो परिमाणमा कास्टिक सोडा लगायतका रसायनहरू खरिद गर्न सिलबन्दी बोलपत्र (टेण्डर) आह्वान गरेको छ ।
आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ८ हजार केजी कास्टिक सोडा, ३ हजार ५ सय केजी नाइट्रिक एसिड र ९ सय केजी सल्फ्युरिक एसिड आपूर्ति गर्न इच्छुक दर्तावाल सप्लायर्सहरूसँग आवेदन मागेको हो । दुग्ध प्रशोधनका क्रममा सरसफाइ र अन्य प्राविधिक कार्यका लागि आवश्यक पर्ने यी रसायनहरूको खरिदका लागि शुक्रबार सूचना प्रकाशित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)