एनआरएनएको १५ बुँदे संकल्पसहित डब्लिन घोषणापत्र, नागरिकता अधिकारदेखि लगानी र श्रम कूटनीतिसम्म
ajakoartha.com · Fri Aug 14 05:21:00 GMT 2026

काठमाडौं– डब्लिन, गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी र ज्ञान सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार, महिला तथा युवा सहभागिता र संस्थागत एकतासहितका विषयलाई प्राथमिकतामा राख्दै १५ बुँदे डब्लिन घोषणापत्र २०२६ जारी गरेको छ ।
आयरल्याण्डको राजधानी डब्लिनमा १० र ११ अगस्ट २०२६ मा ‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ, परिणाममुखी र दीर्घकालीन बनाउने लक्ष्यसहित विभिन्न महत्वपूर्ण विषयमा संकल्प गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)