अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्बको एकमहिने निक्षेप संकलन गर्दै
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ एक महिनाका लागि निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो।
राष्ट्र बैंकले साउन २९ गते अनलाइन बोलकबोलमार्फत निक्षेप संकलन उपकरण निष्कासन गर्ने जनाएको छ। यसको अवधि ३५ दिन रहनेछ। बैंकले संकलन गर्ने निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज २ गते हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)