रोल्पामा पहिरोले घर पुरिँदा तीनजना बेपत्ता
baahrakhari.com · Fri Aug 14 05:49:30 GMT 2026

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीनजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगरसमेत पुरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)