झापामा किसानलाई मलको अभाव नहुने
rajdhanidaily.com · Fri Aug 14 06:01:45 GMT 2026

झापा । कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको छ । हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डिएपी किसानलाई वितरण गरिएको छ ।
त्यस्तै, पोटास ३७।०५० मेट्रिक टन (७४१ बोरा) वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले बताए । धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ । उनका अनुसार मल मौज्दात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन । कार्यालयमा हाल युरिया १३० मेट्रिक टन र डिएपी ५४ मेट्रिक टन मौज्दात रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)