सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
annapurnapost.com · Fri Aug 14 06:05:56 GMT 2026

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए। दावी पेश गरेलगत्तै मुख्यमन्त्री मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री भट्टले आज दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथपछि आजै मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)