मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
reportersnepal.com · Fri Aug 14 06:09:20 GMT 2026

कास्की, २९ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा गए राति आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ ।
उद्धार टोलीको समयमै परिचालन डोरी र विशेष उद्धार उपकरणबाट गरिने उद्धार ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोगबाट मन्दिरमा अलपत्र परेका तीनै जनाको सकुशल उद्धार सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)