रिलायबल लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष ३२ प्रतिशतले वृद्धि
ajakoartha.com · Fri Aug 14 06:12:00 GMT 2026

काठमाडौं- रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा सामान्य बढेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ६ अर्ब ८२ करोड रुपैयाँ रहेको कुल आम्दानी गत वर्ष बढेर ७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खर्च ६ अर्ब २१ करोडबाट बढेर ७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)