यसबीच केही नभएकै हो देशमा ?
janaaastha.com

नेपाली समाजमा केही वर्षयता जबर्जस्त एउटा भाष्य बनेको छ– ‘३५ वर्षमा केही पनि भएन ।’ विशेषगरी ६० को दशकपछि जन्मिएको पुस्तामाझ पुराना दलका नेताहरूले देश खत्तम बनाएको भन्ने धारणा बनिरहेको देखिन्छ । के साँच्चै ३५ वर्षमा देशले केही पनि उपलब्धि हासिल गरेन त ? यो प्रश्नको जवाफ भावनात्मक तर्कले होइन तथ्यका आधारमा सार्थक बहसबाट खोजिनुपर्ने हुन्छ । कुनै पनि देशको विकासका लागि मुख्यतः दुई आधार आवश्यक हुन्छ– शासकको दृढ इच्छाशक्ति र राजनीतिक स्थिरतासहित राज्यको संस्थागत विकास । विश्व इतिहास हेर्दा यिनै दुई आधारले राष्ट्रहरू रातारात कायापलट भएका छन् । सिंगापुर र दक्षिण कोरियालाई यसको प्रतिनिधि उदाहरणका रूपमा लिने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)