सुदूरपश्चिमका मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त: खुसीभन्दा जिम्मेवारी र चुनौती बढी भएको प्रतिक्रिया
kendrabindu.com · Fri Aug 14 06:25:08 GMT 2026

काठमाडौ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्ट नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त भएपछि उनले आफ्ना प्रारम्भिक प्रतिक्रिया सार्वजनिक गरेका छन्।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै भट्टले सुदूरपश्चिमका करिब २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाउनु आफ्नो लागि केवल खुसीको विषय मात्र नभएर गम्भीर जिम्मेवारी र चुनौतीको भारी थपिएको महसुस भएको बताएका छन्। उनले कुनै पनि काम गर्दा सम्पूर्ण प्रदेश सभाको विश्वास जितेर र जनताको चाहना तथा भावनालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)