एमालेको समर्थन फिर्तापछि भदौ ३ मा विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका छन्। नेपाली कांग्रेस र एमालेबीचको एक वर्षको सत्ता साझेदारी गत असार ३१ गते कटेपछि एमाले सरकारबाट बाहिरिएको थियो।
संवैधानिक व्यवस्थाअनुसार सरकारलाई दिएको समर्थन फिर्ता भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री बानियाँले आगामी भदौ ३ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि भदौ २ गतेसम्म कांग्रेसका सबै प्रदेशसभा सदस्यहरूलाई हेटौँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए। विश्वासको मतको तयारीसँगै मुख्यमन्त्री बानियाँले प्रदेशसभाका अन्य दलहरूसँग पनि छलफल तीब्र बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)