चुरेको टाकुराबाट कर्णालीसम्म प्याराग्लाइडिङ, सुदूरपश्चिमको पर्यटनमा नयाँ सम्भावना
nepalpress.com · Fri Aug 14 07:11:45 GMT 2026

सुदूरपश्चिम । बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ । केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छ ।
तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् । कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ । नदीले बनाएका टापु, चुरेका हरिया डाँडा, थारू बस्ती र तराईका फाँट आँखैअगाडि फैलिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)