अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : के भन्छन् सरोकारवाला ?
ajakoartha.com · Fri Aug 14 07:09:00 GMT 2026

काठमाडौं- अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक नाइमा मोबिलिटी संवादमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले २००७/०८ मा ग्लोबल क्राइसिस आएपछि बैंकहरुको पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताए । ‘बासेलमा पनि उक्त कुरा रहेकोले हामीले लोन टू भ्यालु रेसियोको व्यवस्था गरेका हौं । हायर परचेस कर्जामा सुरुमा ५० प्रतिशत लोन टु भ्यालु रेसियो भए पनि अहिले ईभीमा ८० प्रतिशत र आइस गाडीमा ६० प्रतिशत छ,’ उनले भने, ‘ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ । त्यसमा सुरक्षित हुनका लागि पनि लोन टू भ्यालु रेसियो महत्त्वपूर्ण छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)