प्रस्तावित जलन विधेयक : अधिकतम १० लाख रुपैयाँसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रस्ताव
ratopati.com · Fri Aug 14 07:25:14 GMT 2026

काठमाडौँ । प्रस्तावित जलन विधेयकमा जलनका बिरामीलाई अधिकतम १० लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रस्ताव गरिएको छ । जसअन्तर्गत प्रारम्भिक चरणमा स्वास्थ्य संस्थाहरूले बिरामीलाई ३ लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराउने र बाँकी रकम कोष वा थप प्रबन्धमार्फत बेहोर्ने व्यवस्था मस्यौदामा उल्लेख छ ।
यसै सन्दर्भमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)