भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउँछन्: सभामुख अर्याल
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन्। शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालनका लागि सरकारले घनीभूत छलफल गरिरहेको जानकारी दिए।
सभामुख अर्यालले निजगढ विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र यसबारे आवश्यक बहस अगाडि बढिरहेको बताए। पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको उच्चतम सदुपयोग गर्नुपर्ने र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेकोमा उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)