मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान
barnanmedia.com · Fri Aug 14 07:35:05 GMT 2026

जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)