निर्माणाधीन सुरुङमा पहिरो खस्यो : सात कामदारको मृत्यु, १३ घाइते, तीन बेपत्ता
nagariknews.nagariknetwork.com · Fri Aug 14 07:35:40 GMT 2026

भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। बिहीबार राति भएको दुर्घटनापछि तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन्।
राज्यद्वारा सञ्चालित जलविद्युत् परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत् निगमको निर्माणस्थलबाट १९ जना कामदारलाई उद्धार गरिएको छ। घाइते १३ जनाको उपचार भइरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)