तानसेनको ढाका टोपी: पाल्पाको पहिचानदेखि पर्यटकको प्रिय उपहारसम्म
kalakarmi.com · Fri Aug 14 07:26:26 GMT 2026

पाल्पा- पाल्पाको तानसेन भन्नेबित्तिकै धेरैको सम्झनामा आउने मौलिक पहिचानमध्ये एक हो ‘पाल्पाली ढाका टोपी’ । आकर्षक बुट्टा, रंगीन डिजाइन र स्थानीय पहिचान बोकेको ढाका टोपी अहिले पाल्पाको चिनारीसँगै पर्यटकको रोजाइको उपहारसमेत बन्न थालेको छ ।
पाल्पाली ढाका टोपीको मूल्य आकार, डिजाइन र गुणस्तरअनुसार फरक पर्ने गर्छ । सामान्यतया एउटा टोपी सात सय रुपैयाँदेखि माथि पर्ने व्यापारीहरू बताउँछन् । ‘चोली राम्रो पाल्पाली ढाकाको’ जस्ता लोकगीतमा समेत पाल्पाली ढाकाको चर्चा हुँदै आएको छ । साथै ढाका कपडाको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)