एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, मर्जर प्रस्ताव पारित गर्ने
arthasansar.com · Fri Aug 14 08:19:09 GMT 2026

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको हाे।
सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको बैठक भत्ता बढाउने विशेष प्रस्ताव पेश हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)