नेशनल लाईफको 'रेजिङ द बार, रिडिफाइनिङ सक्सेस':व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
nepalsamaya.com · Fri Aug 14 08:22:22 GMT 2026

गोरखा- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ। ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह ज्यूको सभापतित्वमा औपचारिक कार्यक्रम पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो र उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ज्यूले जीवन बीमा ब्यवसाय दिन प्रति दिन प्रतिष्पर्धात्मक हुँदै गइरहेको हुँदा यसमा हामी सबैले सोही अनुसार आफूलाई तयार गरी ब्यवसाय प्रवर्धन गर्नुपर्ने चुनौति रहेको र यसका लागि आवश्यक तालिम प्रशिक्षण प्रदान गर्न कम्पनी संधै अग्रसर रहेको र यसै सम्बन्धमा अहिले विश्व भर चर्चित रहेको र खास गरी जीवन बीमामा ठूलो योगदान पुर्याउने संभावना रहेको आर्टिफिसियल इण्टिलिजेन्स - AI _ सम्बन्धमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरी कम्पनीको डिजिटल मार्केटिङलाई प्रवद्र्धन गर्ने तर्फ प्रयासरत रहनु पर्ने बिचार व्यक्त गर्नु भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)