मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
nepalnews.com · Fri Aug 14 08:36:29 GMT 2026

रुकुमपूर्व। भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि रुकुमपूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार यही साउन २८ गते दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्लाअन्तर्गत पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)