मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन अत्यन्त न्यून: अध्यक्ष मगर [भिडियो]
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था अत्यन्तै न्यून रहेको बताएका छन्।
संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिसमध्ये ५२.६० प्रतिशत कार्यान्वयन नभएको जानकारी दिए। मानव अधिकारको वर्तमान अवस्था र प्रतिवेदनहरूको कार्यान्वयनबारे भएको छलफलमा उनले कुल सिफारिसमध्ये १३.९ प्रतिशत मात्र पूर्ण रूपमा र ३४.१२ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएको बताए। आयोगमा प्राप्त करिब १४ हजार उजुरीमध्ये ८० प्रतिशत द्वन्द्वकालीन मुद्दा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)