हर्मुज जलमार्गमाथि अमेरिकी नियन्त्रणको दाबी, ‘गलत आकलन’ नगर्न इरानको चेतावनी
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हर्मुज जलमार्गमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेलगत्तै इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले त्यसको कडा प्रतिवाद गरेका छन्।
अराघ्चीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई ‘नक्कली गुप्तचर सूचनाका’ आधारमा हर्मुज जलमार्गबारे ‘गलत आकलन’ नगर्न चेतावनी दिएका हुन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले उक्त सामरिक क्षेत्रमाथि पूर्ण नियन्त्रण भएको दाबी गरेका थिए। अराघ्चीले अमेरिकाले लामो समयदेखि गुप्तचर सूचनामा भएको कमजोरीका कारण गलत आकलन गर्दै आएको बताउँदै यसअघिको इरानमाथिको युद्ध यसको उदाहरण रहेको र अब हर्मुज जलमार्गका विषयमा अझ ठूलो गलत आकलन हुन सक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)