पल-अञ्जनाको प्रेमकथा ‘यानीमाया’ फ्लोरमा, फागुन ७ मा रिलिज हुने
kalakarmi.com · Fri Aug 14 08:46:17 GMT 2026

काठमाडौं- नायक पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’ को आजबाट छायांकन प्रारम्भ गरिएको छ । ३५ दिनसम्म यो फिल्मको छायांकन हुने निर्माणपक्षले बताएको छ ।
गागलफेदीको फिल्म स्टुडियोबाट प्रारम्भ भएको छायांकन अगाडि शुभसाइत समारोह आयोजना गरिएको थियो । फिल्मको टिमले पूजा गर्दै शुभसाइत गरेको हो । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुने यो फिल्ममा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)