एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
arthasansar.com · Fri Aug 14 08:48:44 GMT 2026

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यवसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन (IPO) गर्ने तयारीलाई अघि बढाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग Corporate Advisory Services सम्बन्धी सम्झौता गरेको छ । कम्पनीले आफ्नो संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको छ ।
आज श्रावण २९ गते शुक्रवार एग्री केयर नेपालको कार्यालय, भरतपुर–४, चितवनमा सम्पन्न एक कार्यक्रमकाबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई संस्थागत परामर्शको रुपमा नियुक्त गरेको हो । सम्झौता पत्रमा एग्री केयर नेपाल लिमिटेडका तर्फबाट अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)