आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर र सवारी साधन कर्जा योजना सार्वजनिक
ratopati.com · Fri Aug 14 08:53:39 GMT 2026

काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यका साथ आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्मको सीमा तोकिएको छ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने गरी कर्जाको सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दर मा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। यो सुविधा देशभरीका ३०० वटा शाखामार्फत उपलब्ध गराइने बैंकले जनाएको छ। योजना अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)