विद्युत बजार खुला पहुँचतर्फ : नियमन आयोगले अघि बढायो नयाँ निर्देशिका, उपभोक्ताले पनि पाउनेछन् सीधा पहुँच
bishowkhabar.com · Fri Aug 14 09:03:50 GMT 2026

काठमाडौं– नेपाल विद्युत नियमन आयोगले विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा तीव्र रूपमा काम अघि बढाएको जनाएको छ। आयोगले विद्युत क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउँदै उपभोक्तालाई गुणस्तरीय, भरपर्दो, सुरक्षित र सर्वसुलभ रूपमा विद्युत उपयोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले नयाँ निर्देशिकाको प्रक्रिया अघि बढाएको हो।
आयोगको साउन २२ गते बसेको ३१४औँ बैठकले खुला पहुँचसँग सम्बन्धित दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। ती निर्देशिकामा ‘गुनासो समाधान सम्बन्धी निर्देशिका, २०८३’ र ‘ब्यालेन्सिङ तथा सेटलमेन्ट सम्बन्धी निर्देशिका, २०८३’ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)