होर्मुजमा इरानमाथिको नाकाबन्दी नहटाउने अमेरिकाको संकेत
kendrabindu.com · Fri Aug 14 09:19:06 GMT 2026

काठमाडौं । अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अनिश्चितकालसम्म कायम राख्न सक्ने बताएको छ । युद्धविरामका लागि भइरहेका वार्ता निष्कर्षविहीन बनेको, विश्वव्यापी तेल आपूर्ति घट्दै गएको र मध्यपूर्वमा तनाव बढिरहेका बेला अमेरिकाले तेहरानमाथि आर्थिक दबाबसमेत थप कडा बनाउने चेतावनी दिएको हो ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बिहीबार अमेरिकी नौसेनासँग इरानमाथिको नाकाबन्दी कार्यान्वयन गर्न क्षेत्रीय क्षेत्रमा लामो समयसम्म नौसैनिक उपस्थिति कायम राख्ने क्षमता रहेको बताएका छन् । पानामाको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले जहाजहरूलाई पालैपालो परिचालन गरेर नाकाबन्दी निरन्तर कायम राख्न सकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)