फिलिपिन्समा भूकम्पबाट कम्तीमा ३५ जनाको मृत्यु
barnanmedia.com · Tue Jun 09 05:23:15 GMT 2026

काठमाडौं । फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
अधिकांश मानवीय क्षति भवन भत्किँदा र पहिरो जाँदा भएको समाचार एजेन्सी एपीले जनाएको छ । साराङ्गानी प्रान्तको ग्लान नगरपालिकामा भूकम्पका कारण पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन अधिकारी रेने पुन्जालानका अनुसार साराङ्गानीमै थप ४ जनाको ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)