रोहितले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्याउनु मेरो जिम्मेवारी हो : सन्दीप लामिछाने
ratopati.com · Fri Aug 14 09:34:25 GMT 2026
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच बिदाइ गरेको छ । आगामी प्रतियोगिताहरूको तयारी र एसीसी प्रिमियर कपमा सहभागिता जनाउन मलेसिया जानुअघि टोलीलाई शुभकामनासहित बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विगतका खेलहरूमा भएका कमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा सुधारिएको प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पछिल्ला केही वैदेशिक भ्रमणहरू अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै विपक्षीको राम्रो खेल र आफ्ना केही प्राविधिक त्रुटिका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)