रोल्पामा पहिरोमा बेपत्ता वृद्धको खोजी जारी, फलबाङमा तीन जनाको मृत्यु
bishowkhabar.com · Fri Aug 14 09:31:33 GMT 2026

काठमाडौं– रोल्पाको सुनछहरी गाउँपालिका–२ मङरारु गाउँमा बिहीबार राति खसेको पहिरोमा बेपत्ता भएका एक वृद्धको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षापछि आएको पहिरोमा परी मङरारुका ६४ वर्षीय लामी घर्ती अझै बेपत्ता रहेका छन् ।
प्रहरी, स्थानीयवासी र उद्धार टोलीले पहिरो हटाउँदै बेपत्ताको खोजी गरिरहेको जनाइएको छ । यसैबीच सुनछहरी गाउँपालिका–२ कै फलबाङमा खसेको पहिरोले तीन जनाको ज्यान गएको थियो। पहिरोले घर पुरिँदा घटनास्थलमै मृत्यु भएका उनीहरूको शव बिहीबार नै निकालिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)