काठमाडौं विश्वविद्यालयको उपकुलपति बने प्रा.डा. विवेक बराल
baahrakhari.com · Fri Aug 14 09:51:23 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बराललाई नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । केयूमै पढेका बराल त्यहाँको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)