नेपाल टेलिकमको नयाँ सुविधा : पोस्टपेड सिमको नामसारी अब अनलाइन विवरण भरेरै गर्न सकिने
ratopati.com · Fri Aug 14 09:56:02 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरूले अब नामसारीका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत नै भर्न सक्ने भएका छन् । कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा हस्तान्तरण गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमा भरेर अन्तिम प्रमाणीकरण र दस्तुर बुझाउन मात्र नजिकैको दूरसञ्चार कार्यालय पुगे पुग्नेछ।
ग्राहकहरूले टेलिकमको कस्टमर लगइन पोर्टल ( https://myc.ntc.net.np/ ) मार्फत आवश्यक विवरण भर्न सक्नेछन्। उक्त पोर्टल लगइन गरेर मोबाइल नम्बर राखेपछि ओटीपी प्राप्त हुनेछ। त्यसपछि हालका ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरणहरू बुझाउनुपर्नेछ। यसका साथै पछिल्लो एक महिनाको अवधिमा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत पोर्टलमा दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)