नेपाल टेलिकमको पोस्टपेड सिम नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्र कार्यालय जानुपर्ने
aarthiknews.com

काठमाडौं । नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिमकार्ड नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन्। यस व्यवस्थाले पोस्टपेड सिम अर्को व्यक्तिको नाममा सार्ने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमका अनुसार नामसारी गर्न चाहने ग्राहकले अनलाइनमार्फत आवश्यक विवरण भरेपछि नामसारी दस्तुर तिर्न र अन्तिम प्रमाणीकरणका लागि मात्र नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)