चौथो दिन घट्यो नेप्से परिसूचक
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । लगातार तीन दिनसम्म झिनो अङ्कले बढेको नेप्से परिसूचक कारोबार साताको अन्तिम दिन भने घटेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३७ अङ्कले घटेर दुई हजार ६४३ दशमलव ८३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १३ अङ्कले बढेर चार सय ६४ दशमलव ७३ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४० अङ्कले घटेर एक सय ८१ दशमलव ७६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५७ दशमलव १३ मा पुगेको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)