‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’
reportersnepal.com · Fri Aug 14 10:13:17 GMT 2026

सुदूरपश्चिम, २९ साउन । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको अवस्थाबारे अनुगमनका लागि यहाँ आएका उनले आज धनगढीमा नेता तथा कार्यकर्तामाझ पालीका केन्द्रसम्म पक्की र जिल्ला केन्द्रसम्म दुईलेन सडक बनाउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि सुदूरपश्चिममा ३१४ किलोमिटर सडक निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)