प्रधानमन्त्री बालेनद्धारा काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
corporatenepal.com · Fri Aug 14 10:25:43 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपति पदमा प्राडा. विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र (बालेन) शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे । पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्रीले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)